काठमाडौं– हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव छ । यसले गर्दा देशभरको मौसममा बदली भएको छ।
जसअनुसार आज (शनिबार) प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ ।
मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार केहि स्थानहरूमा मेघ गर्जन÷चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Facebook Comments Box