किभ-यूक्रेनका पूर्व राष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन् । रूसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप उनले लगाएका छन् ।
सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध शुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उनको दलको धारणा राख्न पटक(पटक सार्वजनिक भएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ दलपछि ठूलो उनको यूरोपेली सोलिडारिटी पार्टी यूक्रेनको संसदमा दोस्रो ठूलो दल हो ।
रूसले आक्रमण गरेपछि यूक्रेनको संसद्ले धेरै रूसी समर्थक दलहरूमा प्रतिबन्ध लगाएको छ भने अरूलाई अझै पनि तथाकथित राजनैतिक युद्धविरामको सीमामा रहेर गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । यसले सबै यूक्रेनी दलहरूले युद्धको विरूद्ध एकजुट हुन घरेलु राजनैतिक असहमतिहरू पन्छाएर अघि बढेका छन् ।
पोरोशेन्कोको कार्यालयले सरकारले रूसविरूद्धको ऐक्यवद्धता जनाउन भएको सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै उनलाई ‘यूक्रेनीे सीमा पार गर्न दिन अस्वीकार गरिएको बताएको छ । ‘यो निणर्यबाट अधिकारीहरूले युद्धकालमा लागू रहेको ‘राजनीतिक युद्धविराम’ भङ्ग गर्ने खतरा भएको छ ।’
‘रूसी आक्रामणको सामना गर्नुपर्दा राष्ट्रिय एकताको एउटा बलियो आधार रूसविरूद्धको युद्धमा घरेलु ऐक्यवद्धता थियो तर सरकारबाट यो भङ्ग गरिएको छ’, उनको कार्यालयले भनेको छ ।
पोरोशेन्कोले युक्रेनी प्रतिनिधिमण्डल नेतृत्व गर्दै लिथुआनियामा भएको नाटो संसदीय सभाको बैठकमा सहभागिता जनाउन जानुपर्ने थियो र सरकारबाट यस पहिले यात्रा गर्ने अनुमति प्राप्त गरेका थिए यद्यपि पछिल्लो कदमले उनलाई त्यहाँ सहभागी हुने सम्भावनालाई अन्त्य गरिदिएको छ ।
उनले लिथुआनियाका राष्ट्रपति गितानास नौसिदा र यूरोपेली संसदका एक समूहसँग भिल्नियसमा भेटवार्ता गर्न लागेका थिए । त्यसपछि उनले यूरोपेली राजनैतिक दलहरूका नेतृत्वलाई एक ठाउमा भेला गर्ने शिखर सम्मेलनको लागि नेदरल्याण्ड्सको रोटरड्याम जाने कार्यक्रम रहेको थियो ।