बैतडी– बैतडीमा जिल्ला समन्वय समितिको चुनाव यही जेठ २४ गते हुने भएको छ। बैतडीका मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार जेठ २४ गतेका लागि चुनावको मिति तोकिएको हो । उनले सोही अनुसार निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको जानकारी दिए । जस अनुसार जेठ १९ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
कार्यपालिकाको चुनाव सम्पन्न भएको १० दिनभित्र जिल्ला समन्वय समितिको चुनाव गरिसक्ने प्रावधान अनुसार चुनावका लागि उक्त मिति तोकिएको बताइएको छ। चुनावबाट ९ सदस्यीय जिल्ला समन्वय समिति गठन हुनेछ।
जसमा एक जना प्रमुख, एक जना उपप्रमुख, तीन जना महिला सदस्य, एकजना दलित वा अल्पसंख्यक सदस्य र तीन जना खुला सदस्य गरेर ९ जनाका लागि चुनाव हुने बताइएको छ ।
समन्वय समितिको चुनावमा स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुले मात्रै उम्मेदवार हुन पाउने प्रावधान छ भने पालिका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष मतदाता हुने प्रावधान छ।