काठमाडौं– बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको तारा एयरको विमान दुर्घटनाग्रस्त भएको छ ।
मुस्ताङको लेते भिरमा दुर्घटनाग्रस्त भएको त्यहाँका स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखेको जानकारी दिएका थिए भने विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए ।
नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गरे ।
‘मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘मौसम खराबीका कारण हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी आएको छ ।’
कँडेलले उक्त स्थान ज्यादै अप्ठेरो ठाउँमा रहेको हुनाले उद्धारका लागि जान नै कठिन रहेको बताए । उनले उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयबासी पुगिसकेका नसकेको पनि बताए । घटनास्थलतर्फ सुरक्षाकर्मी जाने प्रयास गरेको र नेपाली सेनाको हेलिकोप्टर पटकौंपटकको प्रयासमा पनि उक्त क्षेत्रमा जान नसकेको जनाइएको छ । अहिले सेनाको हेलिकोप्टरले चौथोपटक उक्त क्षेत्रमा जाने प्रयास गरिररहेको छ ।
तारा एयरको 9N AET विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार थिए ।
चालक दलसहित सबै यात्रुको विवरण :
चालक दलको सदस्यहरु :-
१. क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी
थप यात्रुहरु :-
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर