काठमाडौं– आइतबार विमानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटना स्थल भेटिएको नेपाली सेनाले जनाएको छ ।
आइतबार बिहानैबाट सम्पर्कविहीन भएको विमान खोजीका लागि नेपाली सेनासहितको सेनाको हेलिकप्टर प्रयोग भएको थियो ।
मौसम प्रतिकुलताका कारण आइतबार स्थगित भएको विमानको खोजी कार्य सोमबार बिहानैबाट थालिएको थियो । त्यसपश्चात नै नेपाली सेनाले ट्वीट गर्दै जहाज भेटिएको जनाएको छ । थप विवरण केहीछिनमा आउने सेनाले जनाएको छ ।
Facebook Comments Box