काठमाडौं– आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटना भएको अवस्थामा मुस्ताङमा फेला परेको छ । जिल्लाको थासाङ–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।
मुस्ताङ प्रहरीका अनुसार विमान दुर्घटना स्थलबाट यार्सागुम्बा टिप्नेहरुले विमानको तस्बिर खिचेर पठाएका थिए । मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको हो ।
नेपाली सेनाले सार्वजनिक गरेको तस्बिरमा विमान टुक्रा–टुक्रा भएको देखिएको छ । पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्विनअटर विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । विमानमा १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए ।
Facebook Comments Box