काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबाट पछि नहट्ने बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा मन्त्री आलेले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ठूलो रकम खर्च भइसकेको र ८ हजार ५० हेक्टर जग्गा पनि अधिग्रहण भइसकेको अवस्थामा अब मन्त्रालय पछि नहट्ने बताए ।
उनले सर्वोच्च अदालतले गत बिहीबार दिएको फैसलाको पूर्णपाठ आएपछि केही गर्नुपर्ने भए गर्ने तर अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामबाट पछि नहट्ने बताए । नीति तथा कार्यक्रममा आइसकेको र योजना आयोगबाट पनि स्वीकृत भइसकेको हुँदा अब मन्त्रालय पछि नहट्ने बताए ।
Facebook Comments Box