कैलाली– कैलालीको गोदावरी नगरपालिकामा कार्यपालिकाले पूर्णता पाएको छ । कार्यपालिकामा काँग्रेसको पूर्ण बहुमत रहेको छ । कार्यपालिकामा मेयर उपमेयर सहित २२ जना रहेका छन् । मेयरमा काँग्रेसको तर्फबाट निर्बाचित बिरेन्द्र भट्ट सहित काँग्रेसकै ८ जना वडा अध्यक्ष रहेका छन् ।
यस्तै एमालेको तर्फबाट उपमेयर सहित ४ जना वडा अध्यक्ष रहेका छन् । यस्तै कार्यपालिकाको निर्वाचनबाट काँग्रेसकै इस्वरा नेपाली, बसन्तीदेवी थरुनी, शारदादेवी भट्ट, डम्मरी शाहु र ईस्वरी रावल निर्वाचित भएका छन् ।
काँग्रेसबाट नै महादेब कामी, चन्द्रादेवी भुल र धनी कामी पनि कार्यपालिकामा निर्वाचित भएका छन् । कार्यपालिकाका सबै सदस्यहरुले सोमबार नै सपथ लिएका छन् ।
Facebook Comments Box