कैलाली– कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा सोमबार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना७ख ५७४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको से३प ९५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–५ का ३१ वर्षीय रोशन सिंह र डोटीका ३० वर्षीय टेक खड्का घाइते भएका छन् । सिंहलाई स्थानीय बर्दगोरिया अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। त्यस्तै खड्कालाई धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको छ।
दुवैको अवस्था गम्भीर रहेको बताइएको छ। बस चालक दैलेखको गुराँस गाउँपालिका–४ का २६ वर्षीय आकाश खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box