काठमाडौं– फरार सूचीमा रहेका नवनिर्वाचित एक वडा सदस्यलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका शहीदनगर नगरपालिका–९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई कार्यपालिका सदस्य छनौट गर्नका लागि सोमबार मतदान गर्न आएको बेला पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए। बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
Facebook Comments Box