कैलाली– कैलालीको कैलारी गाँउपालिकाले पहिलो निर्णय सार्वजनिक गरेको छ । गाउँ कार्यपालकाको पहिलो बैठकले मालपोत कर ५० प्रतिशत छुट र नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।
कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बुधबार बसेको कार्यसमितिको पहिलो बैठकले मालपोतमा लाग्ने करमा ५० प्रतिशत छुट गर्ने, नवजात शिशु जन्मेको ३५ दिन भित्र जन्मदर्ता गरेमा दुई पोका आयोडिन नून र तीन पिस साबुन दिने, गाउँपालिकाका कुनैपनि सुत्केरी महिलालाई कैलाली जिल्लाभित्र सुत्केरीको समयमा विरामी भएर बाहिर लैजानु परेका निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय पनि भएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बहादुर बमले जानकारी दिए ।
बैठकबाट विद्युत काउन्टर पनि हसुलियामा खोल्न पहल गर्ने निर्णय गरेको पनि गरिएको उनले बताए । बैठकबाट विषयगत समिति ६ वटा र ६ अन्य उपसमिति गठन गर्नुका साथै गाउँपालिकाको प्रवक्तामा वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्रबहादुर बमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।