कञ्चनपुर– कञ्चनपुरको बेलडाँडी गाँउपालिकाको प्रवक्तामा गजबहादुर विष्ट चयन भएका छन् । गाँउ कार्यपालिका बैठकले वडा नम्बर १ का वडाध्यक्ष विष्टलाई प्रवक्तामा चयन गरेको हो ।
यस्तै पहिलो कार्यपालिकाको पूर्ण बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ । बैठकले भूमि आयोगको कामलाई अगाडि बढाई निस्सा दिने, १५ सैय्या अस्पताल निर्माणको टेण्डर प्रकृया अगाडिी बढाउने, अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै, वडा विभाजनका लागि गाउँ सभामा लगिने, न्यायिक समिति गठन गर्ने, विभिन्न समिति तथा उप–समिति गठन गर्ने, आरक्षपीडितको उचित व्यवस्थापनका लागि पहल गर्ने, चवन्नि बेलडाँडी सडकका विचमा रहेका रूख काटन आवश्यक पहल गरिने लगायतका निर्णय पनि गरिएका छन् ।
Facebook Comments Box