कैलाली– सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम यही जेठ २२ गते प्रस्तुत हुने भएको छ। प्रदेश सभाको चालु अधिवेशनको पाँचौ बैठकमा प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले जेठ २२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्।
बिहीबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी गराए ।
Facebook Comments Box