काठमाडौं– नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०–१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
Facebook Comments Box