कैलाली– कैलालीको जोशीपुर गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने भएको छ । गाउँपालिकाले संघीय सरकारले आइतबार दिने भनेको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको हो ।
जेठ १९ गते बसेको जोशीपुर गाउँपालिकाको कार्यपालिका बैठकले आइतबारको बिदा कटौती गर्दै जेठ २२ गतेदेखि लागु हुने गरी कार्यालय, विद्यालय सञ्चालन गर्न आदेश दिएको छ ।
निर्णयमा लेखिएको छ, ुआइतबार देखि बिहीबार कार्यालय समय बिहान १० बजे देखि ५ बजे सम्म र शुक्रवार बिहान १० बजे देखि ३ बजे सम्म कार्यालय सञ्चालन हुने छ।’
Facebook Comments Box