कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाले पनि कार्यपालिकाका सबै बैठक ‘लाइभ’ गर्ने भएको छ। धनगढीका नगरप्रमुख गोपाल हमालले निर्णय प्रक्रियालाई पारदर्शी बनाउन कार्यपालिका बैठक लाइभ गर्ने निर्णय भएको बताए ।
शक्रबार भएको कार्यपालिका बैठक उपमहानगरले आफ्नो आधिकारिक फेसबुक पेजबाट लाइभ गरेको छ। अर्को बैठक सोमबारका लागि बोलाइएको छ।
यसअघि सुरुमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरको कार्यपालिका बैठक लाइभ गर्ने निर्णय गरेका थिए । महानगरले पहिलो वैठक लाइभ गरेको थियो
Facebook Comments Box