बझाङ –बझाङमा यार्सा संकलनका क्रममा हिम पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका १ नाउलाकी ३० वर्षीया सिन्की बोहरा रहेकी छन् । बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका प्रहरीले जनाएको छ । मृतक बोहराका एक छोरा एक छोरी रहेका छन् । बझाङमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका स्थानीयहरु घरमा ताला लगाएर यार्सा संकलनका लागि लेकतर्फ गएका छन् ।
Facebook Comments Box