अछाम– जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका ललितबहादुर कुँवरसहित गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डीकाका कुँवरले १२ मत ल्याई विजयी हुँदा नेकपा एमालेका उम्मेदवार मंगलसेन नगरपालिका वडा नम्बर ६ का दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरे ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका दानमति बम शाहीले १२ मत ल्याई बिजयी हुँदा नेकपा एमालेका पुतलीदेवि रावलले ६ मत ल्याइन् ।
सदस्यहरुमा नेपाली कांग्रेसका चक्रा कुमारी रावल, लक्ष्मी स्वर्णाकार, सीता भण्डारी, द्वारिकाप्रसाद उपाध्याय, नरेन्द्रबहादुर कुँवर र पूर्णबहादुर रावल तथा दलित सदस्यमा माओवादी केन्द्रका प्रभात विश्वकर्मा विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दलित सदस्यमा नेकपा एमालेका उम्मेदवारले गठबन्धनको १ मत प्राप्त गर्न सफल भएका छन् । एमालेको ६ मत भएपनि एमाले उम्मेदवार सुरत कामीले ७ मत प्राप्त गरेका हुन् ।
१० पालिकाका २० मत रहेको अछाममा १८ मत मात्रै खसेका थिए । २० मत मध्ये कांग्रेसका ११, एमालेका ६, माओवादी केन्द्रका २ र एकीकृत समाजवादीका १ मत रहेको छ ।