बैतडी– जिल्ला समन्वय समिति (जिसस) बैतडीमा नेपाली कांग्रेस, माओवादी र स्वतन्त्र एक भएका छन् । स्वतन्त्रसहितको गठबन्धनसंग एमाले एक्लै भिड्ने भएको छ ।
जिल्ला समन्वय समितिको प्रमुखका लागि गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीको उम्मेदवारी दर्ता भएको छ भने एमालेबाट मोहनबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ ।
उपप्रमुख पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दमनबहादुर कुँवरको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट हेमा भट्ट (कपाडी), खुल्ला तीन सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको उम्मेदवारी दर्ता गराएको छ ।
यस्तै एमालेको तर्फबाट ईश्वरबहादुर बोहरा, कालुसिंह जोशी र दिपेन्द्रबहादुर धानुक खुला तीन महिला सदस्यमा गठबन्धनका नेपाली कांग्रेसका यशोदा चन्द, माओवादी केन्द्रबाट निर्मला भट्ट र स्वतन्त्रबाट हरना पार्कीको उम्मेदवारी दर्ता भएको छ ।
एमालेबाट महिला सदस्यमा चन्द्रा जोशी (पाण्डेय) र यशोदा महरा गरेर दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । यस्तै दलित सदस्यमा नेपाली कांग्रेसबाट हरु नेपाली र एमालेबाट द्रोपती दयालको उम्मेदवारी दर्ता भएको छ ।