काठमाडौं– यस वर्षको मनसुनी प्रणाली नजिक आउन थालेको जलत तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतका धेरै ठाउँमा सक्रिय भएको मनसुन नेपालतर्फ सर्ने क्रममा रहेको मौसमविद् हिरा भट्टराईले बताइन् ।
भारतबाट नेपालतर्फ सर्नेक्रममा मनसुन चेन्नेई पार भइसकेको र जुन १० अर्थात जेठ २७ गतेभन्दा अघि नै नेपाल आइपुग्ने सम्भावना रहेको उनको भनाई छ । गएको वर्ष जेठ २८ गते मनसुनी प्रणाली नेपाल प्रवेश गरेको थियो।
Facebook Comments Box