कैलाली– उद्योग वाणिज्य संघको नेतृत्वका लागि छुट्टाछुट्टै दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । संघको यही जेठ २८ गते हुने चुनावमा बर्तमान अध्यक्ष पुष्पराज कुँवर र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई प्यानल बनेका हुन् ।
दुबै प्यानलले आइतबार मनोनयन दर्ता गरेका छन् । कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका छन् । त्यस्तै स्वतन्त्ररूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
कुँवर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पुष्कर राज ओझा, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, बाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा लक्ष्मण पन्त, महासचिवमा ओम बिष्ट, कोषाध्यक्षमा भिष्मराज ओझा र सचिवमा सुरेश पाण्डेय उम्मेदवार रहेका छन् ।
यस्तै राठी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिशंकर ठाकुर, एसोसिएट उपाध्यक्षमा प्रकाशचन्द्र भट्ट, उद्योग उपाध्यक्षमा घनश्याम चौधरी, बाणिज्य उपाध्यक्षमा केशव जोशी, वस्तुगत उपाध्यक्षमा केशव पाण्डेय, महासचिवमा सिद्धराज पनेरू, कोषाध्यक्षमा रंजन शर्मा र सचिवमा महेन्द्रबहादुर सिंह रहेका छन् ।