कैलाली– कैलालीको चौकीडाँडामा युवाहरुको अगुवाईमा हेल्प डेक्स स्थापना गरिएको छ । गोदावरी नगरपालिका– ३ को वडा कार्यालयमा स्थापना गरिएको हेल्प डेस्कबाट वडामा सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिइने जनाइएको छ ।
सहयोगी हातहरुको हातेमालो कार्यक्रम अन्तर्गत हेल्प डेस्क स्थापना गरिएको स्थानीय सुनीराम बिकले बताए । अगुवा युवा रमेश भट्टराईले वडामा सेवा लिन आउँदा जेष्ठ नागरिक, अपाङ्गता भएका, लेख्न पढ्न नजान्नेहरुलाई सेवा दिन हेल्प डेस्क स्थापना गरिएको बताए ।
उक्त हेल्प डेस्कको जेष्ठ नागरिक तारा पार्कीले उद्घाटन गरेका थिए । उक्त हेल्प डेस्कमा स्थानीय युवाहरुले स्वस्फुर्त रुपमा सेवा दिने जनाइएको छ ।
Facebook Comments Box