रुपन्देही– रुपन्देहीको रोहिणी खोलामा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनामध्ये आठ जनाको पहिचान भएको छ ।
दुर्घटनामा तिलोत्तमा नगरपालिका २ योगीकुटीका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुर बस्ने दिनेश दास, बुटवल उपमहानगरपालिका ११ का कृष्णप्रसाद बस्याल, रुपन्देहीको ओमसतियाका राजेन्द्र पाण्डे र तिलोत्तमा ८ की तुलसी बस्यालको ज्यान गएको हो ।
यस्तै भारतीय नागरिकहरू अरविन्द शर्मा र नागेन्द्र शर्मा र सञ्जय गुप्ताको ज्यान गएको हो । एक जनाको परिचय खुल्न बाँकी छ ।
दुर्घटनामा घाइते भएका २३ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरूको अवस्था सुधारिँदै गएको छ ।
जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको बस बिहान भैरहवा–परासी सडक खण्डअन्तर्गत रोहिणी गाउँपालिका ३ र ओमसतिया गाउँपालिका ४ को सीमानामा रहेको पुलबाट रोहिणी नदीमा खसेको थियो ।