कैलाली– कैलालीको धनगढीबाट लागु औषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोडबाट स्थितकिराना पसलबाट प्रहरीलेि लागुऔषधसहित एक जना पक्राउ गरेको हो ।
विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बझाङको जयपृथ्वी नगरपालिका ३ घर भई धनगढी २ पुरानो भन्सार रोड स्थित किरना पसल गरी बस्ने वर्ष २३ वर्षीय उमेश धामीलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनको किराना पसलबाट लागुऔषध खैरो हिरोइन ४४० मिलिग्राम सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदव्रकाश जोशीले बताए ।
Facebook Comments Box