एजेन्सी– भारतको उत्तराखण्डमा आइतबार साँझ बस दुर्घटना हुँदा २६ यात्रुको मृत्यु भएको छ । उत्तराखण्डको उत्तरकाशीमा यूके – ०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको उत्तराखण्ड प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुने सबै चार धाम तीर्थ यात्राका गइरहेको बताइएको छ । दुर्घटनाग्रस्त बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार रहेकोमा २६ जनाको ज्यान गएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् ।
दुर्घटनापछि एनडीआरएफको टोलीले घट्नास्थल पुगेर उद्धार कार्यमा जुटेको थियो । गहिरो खाडल र अन्धकारका कारण शव निकाल्ने तथा घाइतेहरुको उद्धार गर्न समस्या भएको थियो । घाइते ४ जनको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
Facebook Comments Box