काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले बाँके र बर्दियाको घटनाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले बाँकेमा भएको सामूहिक बलात्कार र बर्दियामा प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सरकारको धारणा माग गरेका थिए ।
सोही विषयमा सदनको ध्यानाकर्षण भएको जनाउँदै सभामुख सापकोटाले गृहमन्त्री खाँणलाई जवाफ दिन समय दिएका छन् । अहिले गृहमन्त्री खाँणले जवाफ दिइरहेका छन् ।
Facebook Comments Box