दाङ– दाङमा १६ दिने शिशुको हत्या गरेको आरोपमा १५ वर्षकी एक कुमारी आमा पक्राउ परेकी छन् । जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ३ मुसरिया गाउँकी कुमारी आमाले अवैध गर्भधारणबाट जन्माएको १६ दिने शिशुको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले १६ दिनको शिशुको हत्या गरेको आरोपमा ती कुमारी आमालाई पक्राउ गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेकी किशोरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले बुधबार बिहान सेफ्टी ट्याङ्कीमा फालेर १६ दिने शिशुको हत्या गरेको दाङ प्रहरीले जनाएको छ ।
अवैध गर्भधारणबाट जन्मिएको शिशु धेरै रोएको र स्तनपान गराउँदा पनि रुन नछाडेपछि आवेशमा आएर सेफ्टी ट्याङ्कीमा लगेर फालेको किशोरीले प्रहरीलाई दिएको बयान बताएकी छन् । प्रहरीले सेफ्टी ट्याङ्कीबाट शिशुको शव बरामद गरेर पोष्टमार्टमका लागि ल्याएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box