काठमाडौं– नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सफा रही प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
शुक्रवार प्रदेश १, मधेस प्रदेश , बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।