कञ्चनपुर– टिकटक स्टार अंश बर्मालाई परीक्षामा बस्न नदिएको भन्दै सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरिएको छ। राप्रपा निकट रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेको हो।
संगठनले सुपवि विद्यालयको कानुन संकायको दोस्रो सेमेस्टरमा अध्ययनरत छात्र अंश वर्मालाई व्यक्तिगत कारणले एन.क्यु. लगाएर परीक्षामा बस्न नदिएको भन्दै विज्ञप्ति जारि गर्दै तालाबन्दी गरेको हो।
“विश्वविद्यालयको नियमानुसार ८० प्रतिशत हाजिर पुगेका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुन पाउने नियम छ । तर अधिकांश विद्यार्थीहरुको ८० प्रतिशत नपुगेतापनि परिक्षामा सहभागी भैरहेका छन्” संगठनका इकाई कमिटी अध्यक्ष प्रेम रावलले भने “नियम सबैका लागि समान हुनुपर्छ कि त कसैलाई बस्न दिनु भएन कि सबैलाई बस्न दिनु पर्यो, व्यक्तिगत मुद्दा लिई एन.क्यु. लगाई परीक्षामा सहभागी हुनबाट बन्चित गर्न पाइदैन।”
अंश वर्मा टिकटकमा निकै भारईल व्यक्ति हुन् ।