तनहुँ – तनहुँको आबुखैरेनी गाउँपालिका–४ मा सडक भासिएर मर्स्याङ्दीमा खस्दा बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा दुई जनाको शव फेला परेको छ ।
सडक भासिएको स्थानबाट नेपाली सेना र प्रहरीको टोलीले २ जनाको शव निकालेको हो । गोरखा छोप्राक घर भइ आबुखैरेनी २ मा बस्दै आएका केशव घिमिरेको मात्रै सनाखत भएको छ भने अर्को शवको सनाखत हुन बाकी रहेको जनाइएको छ ।
आज विहान अन्दाजी ३० मिटर सडक भासिएर मर्स्याङ्दी नदीमा खस्दा एउटा कार पनि परेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनँहुका प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपालका अनुसार गोताखोरले नदिबाट दुई जनाको शव निकालेका छन् । कारमा कति जना थिए भन्ने केही खुलेको छैन ।
सडक भासिएपछि मुग्लिन–पोखरा सडकखण्डमा सवारी आवागमन बिहान ५ बजे देखि अबरुद्ध भएको छ ।
Facebook Comments Box