काठमाडौं – सार्वजनिक सवारीसाधनको भाडा बढेको छ ।
इन्धनको मूल्य बढेसँगै लामो दूरीका भाडादर बढेको हो । इन्धनको मूल्यअनुसार अन्तर प्रदेश सार्वजनिक सवारीमा पनि स्वचालित प्रणाली लागू भएसँगै भाडा बढेको हो । यसअघि जेठ २० गते पनि भाडा बढाइएको थियो ।
इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरै घटबढ भएमा अन्तर प्रदेश यात्रुवाहक र मालवाहक यातायातको भाडा सोअनुसार समायोजन गर्न थालिएको छ ।
बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले बढाएको थियो ।
इन्धनको सो मूल्य वृद्धिअनुसार विभागले यात्रुवाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ ।
त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा ३.३ र तराईमा चल्ने मालवाहक सवारीको भाडा ३.७ प्रतिशत बढेको छ ।
Facebook Comments Box