कैलाली– कैलालीको धनगढीमा उच्च अदालतको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
प्रदेश राजधानी भएको ठाउँमा एउटा उच्च अदालत हुनुपर्ने कानुनी व्यवस्था भएपनि कार्यान्वयन नगरेको भन्दै अधिवक्ता दिपेन्द्र चन्दले रिट दायर गरेका हुन्।
प्रदेशको अस्थायी राजधानी रहेको स्थानमै उच्च अदातल स्थापनाका लागि परमादेश जारी गरी पाउँ भन्दै अधिवक्ता चन्दले सार्वजनिक हित र सरोकारको रिट दर्ता गराउनुभएको हो ।
उक्त रिटमा सर्वोच्च अदालतले आगामी पेशी तोकेपछि यो मुद्दामा निःशुल्क बहस गर्न इच्छुक कैलालीका अधिवक्ताहरुलाई चन्दले सामाजिक सञ्जालमार्फत आमन्त्रण समेत गरेका छन् ।
Facebook Comments Box