दार्चुला – बर्खा सुरु हुन थालेको छ । खाद्यसंकट हुने दार्चुलाका दुर्गम हिमाली क्षेत्रमा वर्षामा बाटोघाटो बन्द हुने समस्या छ । त्यसको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई बेलैमा खाद्यान्न ढुवानी गरिसक्नुपर्नेछ । बर्खाका लागि पठाइने खाद्यान्न स्टोरेज (भण्डारण) गर्ने समस्या रहेको ब्यापार कम्पनीले जनाएको छ ।कम्पनीको सुदूरपश्चिम प्रादेशिक कार्यालयका सूचना अधिकारी जगतबहादुर कुँवरले बर्खाको बेलामा पहाडी जिल्लाका दुर्गम बस्तीमा खाद्यान्न संकट हुने बताए । ‘साउनदेखि असोजसम्म खाद्यसंकट हुने क्षेत्रमा खाद्यान्नको माग हुन्छ,’ उनले भने, ‘त्यसबेला बर्खाको कारण बाटोघाटो बन्द हुन्छन् ।
तत्काल ढुवानी गर्न सकिदैंन ।’ उनले बर्खा लाग्नुअघि ढुवानी गरेको खाद्यान्न भण्डारण गरेर राख्ने गोदामघर आफूहरूसंग नभएको बताए । दार्चुलाको खण्डेश्वरी डिपोमा कम्पनीका कर्मचारी र गोदाम छन्,’ उनले भने, ‘अन्य ठाउमा ढुवानीकर्ता ठेकेदारले नैं बिक्री गरेर फर्कनुपर्ने स्थिति छ । मोटरबाटो पुगि सकेको अधिकांश ठाउककंमा अहिले व्यापारीको चामल पुग्ने भएकाले खाद्य कम्पनीको खाद्यान्न बिक्री नहुने गरेको उनले बताए । बर्खा लागेपछि बाटोकैं समस्याको कारण व्यापारीको चामल पनि नपुग्ने र महँगो हुने भएकोले स्थानीयले खाद्य कम्पनीको खाद्यान्न माग गर्ने गरेको बुवरले बताए ।
कुवरले सुदूरका खाद्यसंकट हुने क्षेत्रका लागि स्थानीय तहले गोदाम घर बनाउनुपर्ने बताए । खाद्यसंकट हुने सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लाका लागि सरकारको खाद्य व्यापार कम्पनीको प्रादशिक कार्यालयले वार्षिक कोटा निर्धारण गरेर अनुदानमा खाद्यान्न ढुवानी व्यवस्था गर्दै आएको छ । कुककवरले चालु आर्थिक वर्षको दुर्गम पहाडी जिल्लाको कोटाको चामल लगभग ढुवानी गरिसकेको बताए ।
खाद्य व्यापार कम्पनीका अनुसार चालु आर्थिक वर्षमा दार्चुलाको खण्डेश्वरीको ५ हजार ५ सय क्विन्टल कोटाको चामलमध्ये २ हजार ७ सय बढी क्विन्टल चामल ढुवानी भइसकेको जानकारी दिएको छ ।
दार्चुलाको पारिबगरका लागि १ हजार ५ सय कोटा मधये चामल बिक्री नभएकोले १ सय ४० क्विन्टल चामल ढुवानी भएको छ । सुन्सेराका लागि १ हजार कोटाको चामल पूरै ढुवानी भइसकेको छ । राप्लामा २ हजार ५ सय क्विन्टल चामल कोटाकोमा ९ सय ७२ क्विन्टल मात्रैं ढुवानी भएको छ । छाङरुका लागि यस वर्ष ७ सय क्विन्टल कोटाको चामल छुट्टाएको थियो । जसमध्ये २ सय क्विन्टल ढुवानी भएको छ ।