काठमाडौं – दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटना परेको छ ।
गुर्भाकोट नगरपालिका-९ भालु खोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजे समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो ।
साथै उक्त ट्रक चालक-सहचलाक ट्रक भित्र च्यापिएको र उद्धार भइरहेको प्रहरीको भनाइ छ ।
Facebook Comments Box