काठमाडौं – राजनीतिमा लागेर नागरिकको अवस्था बदल्न अग्रसर भएका रवि लामिछाने कुनै पनि दलमा प्रवेश नगर्ने घोषणा गरेका छन् ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका छन् ।
लामिछानेले आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताउदै आफू भएका दलहरुवले नागरिकको आशा विपरीत काम नगर्ने बताए ।
उनले अहिलेको राजनीतिक दलको प्रवृतीप्रती पनि दोष देखाए ।जनमत गुमाउँदा पनि एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग गठबन्धन गरेर सत्तामा रहने प्रपञ्च गरिरहेको आरोप उनले लगाए ।
Facebook Comments Box