काठमाडौं – धितोपत्र बोर्ड लगानीकर्ताका माग सम्बोधन गर्न तयार भएको छ ।
सेयर लगानीकर्ताले पुँजी बजार सुधारका लागि भन्दै राखेका मागहरु सम्बोधन गर्नका लागि बोर्ड तयार भएको हो । सो संघर्ष समितिले पुँजी बजार सुधारको लागि भन्दै १९ बुँदे माग राखेका छन् । समितिले गत जेठ २३ गतेमात्रै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई सो माग बुझाएका थिए ।
बोर्डले माग पुरा नगरेको भन्दै पुँजी बजार सुधार समितिका संयोजक तिलक कोइराला अनसनमा छन् । उनी अनसा बसेको आज ७ दिन बितिसकेको छ । धितोत्रि बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफु लगानीकर्ताका माग सम्बोधन गर्न तयार भएको बताएका छन् । उनले लगानीकर्ताका जायज माग सम्बोधन गर्नका लागि आफुले पत्रकारको आयोजना गरी सार्वजनिक गर्ने पनि बताएका छन् ।
हमालले पत्रकार सम्मेलनमार्फत् केही जायज मागहरु सम्बोधन गर्नको लागि सार्वजनिक गर्ने पनि बताएका छन् । कुन–कुन माग धितोपत्र बोर्डले सम्बोधन गर्छ भन्ने विषय भने उनले खुलाउन चाहेनन् ।