काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आबद्ध विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राके जुलुस निकालेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ, डिजेल प्रतिलिटर १९२ रुपैयाँ पुर्याइएपछि राप्रपा विद्यार्थी संगठनले राके जुलुस निकालेको हो ।
भृकुटिमण्डप देखि सुन्धारासम्म राके जुलुस निकालिएको थियो ।
राप्रपा विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष जे.पि बगालेले पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म निरन्तर प्रदर्शन गरिरहने बताएका छन् ।
Facebook Comments Box