काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीले गरेको मन्त्री फेरबदलको निर्णय कार्यान्वयन गर्न माग गरेको छ ।
आज (बुधबार) बसेको सचिवालय बैठकले पार्टीले गरेको निर्णय कार्यान्वयन किन हुन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्ने निर्णय भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
‘अहिले मन्त्रीमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौँ । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन रु तुरुन्तै कार्यान्वयन गर्नुपर्यो भनेर निर्णय गरेका छौँ,’ उनले भने ।
आज बालुवाटारमा बस्ने गठबन्धनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय सुनाउने पनि उनले बताए ।
सचिवालय बैठकमा पार्टीका आगामी बैठकका तयारीबारे पनि छलफल भएको उनको भनाइ छ । एकीकृत समाजवादीले गएको जेठ २२ गते मन्त्री फेर्ने निर्णय गरे पनि कार्यान्वयन भएको छैन ।