दार्चुला – दार्चुलाको दोस्रो ठूलो अस्पताल गोकुलेश्वर अस्पतालमा शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएको छ । विगत २ वर्षदेखि बन्द भएको सेवा बुधबार देखि सुरु भएको हो ।
जनशक्ति अभावमा रोकिएको शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नविन कुमार मल्लले जानकारी दिनु भएको छ ।अस्पतालमा २ वर्षयता रोकिएको जटिल प्रकारका गर्भवतीको शल्यक्रियाको उपचार प्रसुती सेवा सुचारु भएको उनले बताए । सेवा सुरु भएसँगै बुधबार एक जना गर्भवतीको सफल शल्यक्रिया समेत गरिएको छ ।बुधबार शैल्यखिर नगरपालिका वडा नं ५ कि दिपा रावलकोे शल्यक्रियाबाट बच्चा जन्माइएको डा. मल्ले जानकारी दिए । अस्पतालमा अहिले डाक्टर नविन मल्ल ,डाक्टर पुजा बम, र मियाज अन्सारीको टोलीले गर्भवतीको सफल शल्यक्रिया गरेको अस्पताल स्रोतले जानकारी दिएको छ । एनएसथेसिया एसिस्टेन्ट नुहँदा गर्भवतीको शल्यक्रियाबाट प्रसूति सेवा रोकिएको मल्लको भनाई छ ।
‘एनएसथेसिया एसिस्टेन्टको रुपमा नविन मल्ल आउनुभएकोे छ,’ डा. अन्सारीले भने ‘अब शल्यक्रियाबाट प्रसूति गराउन परे गर्भवतीको रेफर नै गर्नुपर्ने बाध्यता तत्काल हटेर गएको छ । सेवा बन्द रहँदा शल्यक्रियामार्फत प्रसूति गराउन परे जिल्ला अस्पताल तथा धनगढी पठाउनु पर्ने बाध्यता थियो । गोकुलेवर अस्पतालमै सेवा नहुँदा त्येस क्षेत्रका सर्वसाधारण आकस्मिक प्रसूति शल्यक्रियाका लागि महँगो मूल्य तिरेर धनगढी महेन्द्रनगर तथा दार्चुला सदरमुकाम पुग्नु पर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ ।