काठमाडौं – कानुन व्यवसायमा एकपछि अर्को बेथिति र अनियमितताको पाटो खुल्दै गएको अवस्थामा फेरि अर्को ‘काण्ड’ बाहिरिएिको छ । एउटाको जग्गा अर्कोलाई बिक्री गर्ने व्यवस्था मिलाइदिएबापत एकजना बरिष्ठ अधिवक्ता र अर्का अधिवक्ताले ८ करोड कमिशन लिएको रहस्य खुलेको छ ।
मंगलबारमात्र एक सञ्चारमाध्यममा न्यायाधीश र कानुन व्यावसायीबीच एक आरोपीलाई छुटाउनका लागि आर्थिक लेनदेनको बारेमा छलफल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै यसपटक अर्का कानुन व्यवसायीले व्यवसायीकै संरक्षणमा ३२ करोड रूपैयाँ हुण्डीमार्फत् विदेश पठाइएको भन्दै अख्तियारमा उजुरी दिएको बताएका छन् ।
अधिवक्ता प्रेम सिंह धामीले २०७४ पुस १८ गते भएको जग्गा कारोबारबाट जग्गा किन्ने र जग्गाधनी दुवैका तर्फबाट ८ करोड रुपैयाँ कमिशन लिएको र जग्गा बिक्रीबापतको ३२ करोड रुपैयाँ हुन्डीमार्फत देशबाहिर पठाइएको भन्दै अख्तियारमा उजुरी दिएका छन् ।
गत चैत ७ गते सोमबार धामीले अख्तियार दुरुपयोग अनुसन्धानमा ‘हुण्डीबाट भएको कारोबारका सम्बन्धमा आवश्यक छानबिन गरि कारबाही गरि पाउँ’ भन्ने ब्यहोराको उजुरी दिएका छन् ।
धामीले सो विषयमा सामाजिक सञ्जालमार्फत् थप प्रस्टाउँदै लेखेका छन्, ‘आदरणिय सम्पूर्ण कानून व्यवसायी ज्यूहरू मैले पोष्ट गरेको उजुरीमा उल्लेख भएको सम्पूर्ण व्यहोरा सत्य साचो हो यसमा उल्लेख भएको जग्गा मिलाई दिए वापत वरिष्ठ ज्यू र कनिष्ठ ज्यूलाई कमिशन वापत दुवै पक्षवाट ८ करोड रूपैया प़ाप्त भएको हो त्यसपछि पजेरो लगायतका गाडी खरीद गरीएको हो वहाहरूले ८ करोड लिए वापत ३२ करोड रूपैया हुण्डी मार्फत विद्श पठाउने र अवालेहरूले किनेको जग्गाको सम्पूर्ण काम गर्दा मिलाउनको लागी हो मैले यो उजुरी दिनुपर्ने खास कारण के हो यो जग्गा अवालेहरूले किनीसकेपछि मेरा विरूद्दमा कानूनी चक़विउ रच्ने र त्यसको जिम्मा निवर्तमान नेवाएको कार्यका सदस्यलाई र मेरा विरूद्दमा गैर कानूनी कागज तयार गर्नमा अन्य एक जना कानून व्यवसासीलाई दिएका थिए। मेरा विरूद्दमा भएका फैसला हाल अध्यायनो लागी स अ वारको कार्य समितीलाई जिम्मा दिएको छु। आशा छ मेरा विरूद्दमा भएका फैसला कानूनसमत छन की छैनन सो वारेमा अध्यायन गरी सम्मानिय प़ न्या ज्यू तथा न्याय परिषद सचिवालयलाई जानकारी गराउने नै भन्ने अपेक्षा गरेको छु साथै हामी कानून व्यवसायी ज्यूहरूले हुण्डी लगायतका गैर कानुनी कार्य गर्न मिल्छ की मिस्दैन त्यसमा पनि छानविन होस सवैको जयहोस ।’
धामीले अख्तियारमा बुझाएको भनिएको पत्रमा उक्त प्रकरणमा थप स्पष्टताका लागि बरिष्ठ अधिवक्ता हरिहर दाहाल र अधिवक्ता युवराज कुमार भण्डारीलाई बोलाएर बयान लिन पनि अख्तियारसमक्ष माग गरेका छन् ।
अनलाइनन्जयू७सँग कुरा गर्दै निवेदक धामीले आफूले गत साउन १० गते सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दिए पनि बरिष्ठ अधिवक्ता दाहालकै सेटिङमा छानबिनलाई कम प्राथमिकता पनि दिइएको बताए । उनले आफूविरुद्ध भएका विभिन्न फैसलाहरु सर्वोच्च अदालत बारमा पनि बुझाएको बताउँदै कानुन व्यवसायीकै संरक्षणमा हुण्डी जस्तो गैरकानुनी काम भएकोले त्यसको छानबिन गरी कारबाहीका लागि माग समेत गरेका छन् ।
उनले अख्तियारमा दिएको उजुरीको पूर्णपाठः