कैलाली – नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारविरुद्ध नै लागेको भनेर पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरिएको छ ।
बिहीवार बसेको जिल्ला सचिवालय बैठकले अध्यक्ष थापालाई पार्टीको साधरण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो ।
यसअघि थापालाई कैलाली इञ्चार्ज नारदमुनि रानाले २३ बुँदे आरोप लगाउँदै ७२ घण्टे स्पष्टीकरण सोध्नुभएको थियो । थापालाई पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई अपुतो भनेको, महासचिव शंकर पोख्रेल, सचिव लेखराज भट्टसहितका नेताहरु कर्ण थापा, नारदमुनि राना, गौरीशङ्कर चौधरी, कमला ओली, सन्तोष शर्मालाई राजीनामा दिन लगाउने धम्की दिएको, एमालेले एक सिट पनि जित्दैन भन्दै प्रचार गरेको आरोप लागेको थियो ।
Facebook Comments Box