काठमाडौं – अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग शनिबार भेटघाट भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका बेला राजदूत खत्रीको यो भेटलाई अर्थपूर्णरुपमा लिइएको छ ।
बहुदल आएपछि नेपालका प्रमुख वा प्रधानमन्त्री कसैले पनि यति सहजरूपमा राष्ट्रपति वाइडेनसँग भेट्ने अवसर पाएका थिएनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पालामा नेपाली राजदुतले सहजै भेट, भलाकुसारी गर्न पाएका छन् । पहिले–पहिले राजाको पालामा अमेरिकाले नेपाललाई यस्तै प्राथमिकता दिएका उदाहरणहरु छन् ।
बिश्वका शक्ति राष्ट्रले कम्युनिस्ट मुलुक र कम्युनिस्ट सरकारको प्रतिनिधिलाई बिश्वास गर्दैनन् । त्यसैले अहिले देउवाको नेतृत्व सरकार आएपछि बिश्वका अधिकांश शक्ति राष्ट्र नेपालसँग हातेमालो गर्न चाहन्छन् ।
Facebook Comments Box