दार्चुला–तिंकर सडक निर्माणमा संलग्न कामदारको भीरबाट लडेर मृत्यु भएको छ ।
जिल्लाको व्याँस गाउँपालिका–२ मालगाउँस्थित नाकुरीधार क्षेत्रमा सडक निर्माणका क्रममा भीरबाट लडेर नौगाड गाउँपालिका–४ सिप्टीका अन्दाजी ४६ वर्षिय जय बहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
धामी आज विहान १० बजेतिर भीरबाट करिब ५ सय मिटर तल खसेको तथा घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
अहिले उक्त स्थानमा इलाका प्रहरी कार्यालय दुहुँबाट इन्सपेक्टर लोकेन्द्र बहादुर कार्कीको टोली र सुन्सेराबाट प्रहरीको टोली घटनास्थलमा गइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतिक विष्टले जानकारी दिनु भएको छ । घटनाको बाकी विवरण आउन बाकी रहेको छ ।
Facebook Comments Box