दार्चुला – जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालले सर्पदंसको उपचारका लागि जनशक्ति तयार गर्दैछ । सर्पदंशको उपचार जिल्लामै गर्न सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले तालिम प्रदान गरिरहेको स्वास्थ्य कार्यालय दार्चुलाका वरिष्ठ जनस्वास्थ्य अधिकृत जय राज भट्टले जानकारी दिनु भएको छ । जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालका समान ३÷३ जना स्वास्थ्यकर्मीलाई सर्पदशं उपचारको तालिम दिइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका वरिष्ठ जनस्वास्थ्य अधिकृत भट्टले बताउनु भयो ।
यसअघि सर्पदंशको उपचार गर्न तराई लगायत भारत जानुपर्ने बाध्यता रहेकोमा जिल्ला अस्पताल दार्चुला तथा गोकुलेश्वरमै उपचार सम्भव हुने उहाँको भनाई छ । जिल्लामै सर्पदंशको उपचार सुरु गरे सर्पको टोकाईबाट ज्यान जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । सर्पदंसबाट प्रायः गाउँका महिला, किसान र बालबालिका प्रभावित हुने गरेका छन् । मुख्य गरी खेती लगाउने र स्यार्ने समयमा सर्पदंसका घटना बढ्ने गरेको पाइएको छ।