काठमाडाैं । सिन्धुपाल्चोकमा सेयरिङ लभ नेपालले १५० जना विधार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । आइतबार सिन्धुपाल्चोकको कोठे ७ सुनकोशी गाँउपालिकामा रहेको जल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको हो ।
सेयरिङ लभ नेपालका अध्यक्ष समिर श्रेष्ठले विद्यालयमा भएका विद्यार्थीलाई स्टेशनरी सामाग्री कापि किताब, पेन पेन्सिल, चाउचाउ, बिस्कुट, साबुन, सरफ र खेलकुदका साम्राग्रीहरु वितरण गरिएको बताए ।
विद्यालयको शैंचालय अवस्था जिर्ण देखिएकोले सेयरिङ लभ नेपालले विभिन्न सहयोग गर्नुका साथै शौचालयको अवस्था हेरेर नयाँ तरिकाले बनाउने घोषणा समेत गरिएको छ
यस संस्थाले विगत ४ बर्ष देखि सामाजिक कार्यहरु गर्दै आएको छ । साथै विधार्थीहरुको लागी स्टेशनरी समानहरु वितरण गरि रहेको छ ।
जाल्पा माध्यमिक विधालयमा दायनिय अवस्था रहेका ५ जना विद्यार्थीलाई सेयरिङ लभ नेपाल सामाजिक संस्थाले १ देखि १० कक्षा सम्म विधार्थीको लाग्ने सबै शुल्क तिरिदिने घोषणा गरेको अन्तर्राष्ट्रिय सम्मानित तथा रास्टीय समाजसेवि प्रकाशमणी राउतले जानकारी दिए । प्रकासमणि राउत भारत बिगत लामो समयदेखी सामाजिक कार्यमा लागिरहनु भएको छ। उहाँले विभिन्न देशबाट सम्पन्न प्राप्त गर्नु भएको छ।
पिछडावर्गका अभियन्ता प्रकाशमनि राउत को हुन् ?
राजनीतिक अवस्था
– नेपाल पिछडावर्ग (ओबिसी) विद्यार्थी संघका केन्द्रीय अध्यक्ष
– प्रकाश नेपाल नामक संस्थाका संस्थापक अध्यक्ष
– राष्ट्रिय हिन्दु संघ (भारत) नेपाल शाखा अध्यक्ष
– युनिभर्सल पिस एण्ड भाइलेन्स एमुरेसन सेन्टर नाइजेरिया, नेपाल शाखाका राजदुत
पुरस्कारहरुः
—नेशनल एनटी क्राइम एन्ड ह्युमन राइट्स काउन्सिल अफ इण्डीयाले ज्वेलय अफ नेशनल अवार्डबाट सम्मानीत
—दिल्लीस्थित गोल नामक संस्थाले राष्ट्रिय प्रतिभा अवार्डबाट सम्मानीत
—नो वर्ल्ड वार नामक संस्थाबाट सम्मानीत
— नेपालका विभिन्न सामाजिक संस्थाहरूबाट सम्मान पत्रहरुद्वारा सम्मानीत
सामाजिक कार्यहरू
– पिछडावर्गको हकहित तथा अधिकारका लागि ११ दिन रिले अनशन बसेका
– पिछडावर्गको अधिकार प्राप्ति आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुका साथै पिछडावर्गको व्यापक स्तरमा शैक्षिक योगदान दिँदै आइरहेका
– हालसम्म २०० विद्यार्थीहरूलाई छात्रवृत्ती दिलाएका
– विभिन्न टेलिभिजन, पत्र–पत्रिका तथा अनलाइनमार्फत पिछडावर्गका लागि अधिकारको लडाइँ लड्दै आएका छन् ।