काठमाडौं – काठमाडौँको बालुवाटारमा बुधबार बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको थियो । प्रहरीका अनुसार त्यहाँको स्टोरबाट आगो सल्किएको थियो ।
५ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । क्षतीबारे थप विवरण आउन बाँकी छ ।
Facebook Comments Box