काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ ।
एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो ।
समिति गठनमा सहमति भएपनि दलीय प्रतिनिधित्वबारे टुङ्गो लागि नसकेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
संसदीय छानबिन समिति ६ सदस्यीय हुने बताइएको छ ।
Facebook Comments Box