दार्चुला – जिल्ला कारागार दार्चुलाका ४० जना कैदीबन्दीहरुले सिलाई कटाई तालिम सिकेका छन ।
जिल्ला कारागार शाखा दार्चुलाले गत जेठ १५ गतेदेखि ३० दिने सिलाई कटाई सीप तालिम सञ्चालन गरेपछि उनीहरूले सिलाई कटाई तालिम सिकेको कारागार दार्चुलाले जनाएको छ ।कारागारको कैदी जीवन सकेपछि घर फर्कँदा पनि व्यवसाय सञ्चालन गर्न सजिलो होस् भन्नको लागि सिलाई कटाई तालिम सञ्चालन गरिएको जिल्ला कारागार दार्चुलाका राम राज पन्तले जानकारी दिनुभयो ।
खाली समयमा सीप सिक्दा उनीहरूको बाँकी जीवनलाई सघाउ पुग्ने गरी हरेक वर्ष सीप विकास तालिम सञ्चालन गर्ने गरिएको छ । आर्थिक वर्षमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम प्रदेश तथा केन्द्र सरकारको संयुक्त लागनीमा दार्चुला कारागारमा रहेका कैदीबन्दीहरुले सिलाई कटाई तालिम दिइएको कारागार दार्चुलाका प्रमुख पन्तले बताउनुभयो ।
सिलाई कटाई तालिम संञ्चालन गर्न प्रदेश सरकारले ४ लाख तथा केद्र सरकारले ५० हजार रकम आर्थिक सहयोग गरेको थियो । सिलाई कटाई तालिममा ४० जना कैदीबन्दीको सहभागिता रहेको छ । तालिम सञ्चालनको लागि ४ओटा मेसिन, दुई वटा होजियारी मेसिन खरिद गरिएको छ ।समूह मिलाएर तालिम सञ्चालन गरिएको प्रशिक्षक भुपेन्द्र सिनाले जानकारी दिए ।कारागारले कैदीबन्दीको चाहनाअनुसार सीप विकास तालिम सञ्चालन गरेपछि उनीहरू खुसी पनि भएका छन । सिलाई कटाई तालिममा २५ जना कैदी १० जना थुनुवा तथा ५ जना बुनाईका गरी ४० जनालाई सहभागि गराइएको थियो । प्रशिक्षक सिनालका अनुसार उनीहरूलाई कपडाका कटिङ, मेसिन चलाउन, सिकाएको बताएका छन । हाल जिल्ला कारागार दार्चुलामा ५३कैदी र १९ बन्दी गरी ७२ जना कैदीबन्दी रहेका छन् ।