काठमाडौं – प्रतिनिधिसभाले खानेपानी तथा सरसफाइ विधेयक २०७७ पारित गरेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए ।
उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन्।उक्त प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा सांसद खेमप्रसाद लोहनीले गणपूरक संख्या नरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराए । तत्पश्चात तीन मिनेट घण्टी बजाएर गणना गर्दा गणपूरक संख्याका लागि ७९ जना सांसदको उपस्थिति रहनुपर्ने भए पनि ८३ जना सहभागी रहेपछि उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
Facebook Comments Box