काठमाडौं – सार्वजनिक सवारी साधनको भाडा फेरि बढेको छ ।
असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
इन्धनको बजार मूल्य बढेकाले सवारीसाधनको भाडादर समेत बढाएको हो । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा सन्चालन हुने मालबाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा सन्चालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सन्चालन हुने सार्वजनिक यातायातमा असार २७ गतेदेखि नै लागु भएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
Facebook Comments Box